काठमाडौँ- आगामी फागुन ९ देखि प्रदर्शन हुने फिल्म ‘ताण्डवम्’को पहिलो गीत हिमानी (ए सानु) रिलिज भएको छ। फिल्मका मुख्य कलाकार जुनिम गहतराज र सरिना मगरको अभिनय छ।
सुशान्त गौतमको शब्द तथा संगीत रहेको गीतमा इन्द्रकला राईको स्वर छ। गायिका राई पछिल्लो समय ‘भ्वाइस अफ नेपालको सिजन ६’मा सहभागी भएसँगै चर्चामा छिन्। उनको स्वर रहेको ‘बेहुली फ्रम मेघौली’को ‘उडायो मन’ र ‘बार्दली’ गीत दर्शकमाझ चर्चित छ।
क्लरिष्ट जुनिम गहतराजको डेब्यु निर्देशनमा बनेको फिल्मामा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय छ।
फिल्मले एक दम्पतीको सन्तान प्राप्तिपछि जीवनमा आइपर्ने उतारचढावलाई प्रस्तुत गरिएको टिमको दाबी छ। फिल्म पारिवारिक तथा एक्सन थ्रिलर जनरामा बनेको छ। अनिरुद्ध आत्रेय र हुसेनले फिल्मको कथा, पटकथा तथा संवाद लेखेका छन्।
सिंहदेवी प्रोडक्सनले भिजुयल आर्ट्स स्टुडियोको सहकार्यमा निर्माण भएको फिल्मका निर्मातामा धनकुमारी गहतराज, सविना मगर र मनिष गौतम छन्। हरि घले लामाले छायांकन गरेको फिल्म सम्राट बस्नेतको एक्सन निर्देशन, सुशान्त गौतमको संगीत र कोबिद बज्रको ब्याग्राउण्ड म्युजिक छ।