काठमाडौँ- फिल्म ‘रंगी’ को शीर्ष गीत ‘रंगी’ सार्वजनिक भएको छ। ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा आमेश भण्डारी र समिक्षा अधिकारीको स्वर छ।
आमेशकै शब्द र संगीत रहेको गीतमा रोमन बज्राचार्यको एरेन्ज तथा अविनाश चौलागाईंको प्रोग्रामिङ, मिक्सिङ र मास्टरिङ छ। भिडियोमा फिल्मका कलाकार सलोन बस्नेत र मलिका महतको अभिनय छ।
भिडियोमा चिया बेच्दै हिँडेकी मलिकासँग सलोनको भेटपछि उनीहरूबीच अंकुराएको प्रेमलाई देखाइएको छ। निर्माण पक्षले हालसम्म मलिकाको नाम गोप्य नै राखेको थियो। सलोनकी श्रीमती को हुन्छिन् भन्ने कौतुहलता यो गीतले मेटाइदिएको छ। गीतमा कविराज गहतराजको कोरियोग्राफी छ।
सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भएको फिल्म सुरेश न्यौपानेको ‘डेब्यू’ निर्देशनमा बनेको छ। आगामी फागुन २ गतेलाई फिल्मको प्रदर्शन मिति ताेकिएको छ।
सक्षम सुवेदी, करिश्मा केसी र अनिश गौतम निर्माता रहेको फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, मलिका महत, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ र विशाल पहारीको अभिनय छ।
फिल्ममा सुमन गजमेरको लेखन, सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी तथा केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।
फिल्म एप्पल इन्टरटेनमेन्ट, एफडी र रिच इन्टरटेनमेन्टले वितरण गर्दैछ।