शोभित निर्देशित ‘पीआर’ मा कोको छन् कलाकार?

हिमाल प्रेस २१ माघ २०८१ १६:११
4
SHARES
 शोभित निर्देशित ‘पीआर’ मा कोको छन् कलाकार?

काठमाडौँ- शोभित बस्नेतले निर्देशन गर्ने भनिएको फिल्म ‘पीआरः पर्मानेन्ट रेसिडेन्ट’ को दुई पोस्टर सार्वजनिक भएको छ।कलाकारलाई रोमान्टिक अवतार प्रस्तुत गर्दै टिमले दुई पोस्टर सार्वजनिक गरेको हाे।

पोस्टरमा आरए सुरज पौडेल, विनिता कार्की, आश्मा अधिकारी, पूजा चौधरी र राजन कुँवर देखिएका छन्। यि बाहेक कुशल थापा, विमला खत्री, म्याक्स र नवीन घायललगायतको पनि अभिनय रहेको निर्देशक बस्नेतले बताए। अडिसनमार्फत नयाँ कलाकार छनोट गरेको उनले जानकारी दिए।

निर्देशक बस्नेतकै कथा रहेको फिल्ममा गणेश बुढाथोकीको पटकथा र संवाद लेखन छ। निर्देशक बस्नेतकाअनुसार फिल्मको छायांकन फेब्रुअरी ११ अर्थात् माघ २९ देखि  सुरु हुनेछ। फिल्म अष्ट्रेलिया र नेपालमा छायांकन गरिनेछ।

सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल र इन्द्रेणी ग्रुपका लक्ष्मण सापकोटा निर्मातामा छन्। प्रस्तुतकर्तामा रन्जित शाह (आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया) र लेन वे डम्प्लिङ सिड्नी रहकाे टिमले बताएकाे छ।

प्रकाशित: २१ माघ २०८१ १६:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast