राजदूत धनबहादुर वली
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले थाइल्याण्डका लागि नेपालका आवासीय राजदूत धनबहादुर वलीलाई जनवादी प्रजातान्त्रिक गणतन्त्र लाओका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्।
नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले वलीलाई उक्त पदमा मंगलबार नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
प्रकाशित: २९ माघ २०८१ १५:०५ | Tuesday, February 11, 2025
प्रतिक्रिया





