काठमाडौँ- कुमारी बैंक लिमिटेडले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ योजना अन्तर्गत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ। खातावालाको परिवारका तर्फबाट मुना राणालाई कुमारी बैंक लिमिटेडको टोखा शाखाबाट रकम हस्तान्तरण गरिएको थियो।
कुमारी बैंकले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ मा आकर्षक बिमा सुविधा उपलब्ध गराउँदै आएको छ। यस खातामा खातावालासहित परिवारका चारजना सदस्यहरुले २६ लाख रुपैयाँसम्मको बिमा प्राप्त गर्न सक्ने सुविधा रहेको छ।
कुमारी बैंकले विगत ५ वर्षदेखि ग्राहकको सुविधाका लागि ‘कुमारी परिवार सुरक्षा बचत खाता’ योजनामार्फत बिमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ।
प्रकाशित: १८ पुष २०८१ १७:१५
प्रतिक्रिया