विशेष काउन्टरमार्फत नेपाली कामदारलाई आबुधाबीमा राहदानी वितरण

हिमाल प्रेस १२ माघ २०८१ २१:३२ | Saturday, January 25, 2025
विशेष काउन्टरमार्फत नेपाली कामदारलाई आबुधाबीमा राहदानी वितरण

काठमाडौँ- अबुधबाीस्थित नेपाली राजदूतावासले राहदानी नवीकरण सेवा शिविर सञ्चालन गरेको छ। यूएईमा कार्यरत नेपाली कामदारहरूलाई लक्षित गरी दूतावासले शिविर सञ्चालन गरेको हो।

राहदानी नवीकरण गर्न आउने सेवाग्रहीको संख्या अत्याधिक बढेको अवस्थालाई मध्यनजर गरी भिसाको अवधि समाप्त भइसकेका÷ हुन गइरहेका, राहदानी हराएका र राहदानीको म्याद सकिन लागेका तथा विभिन्न कारणले समस्यामा परी राहदानी नवीकरण गर्नुपर्ने अवस्था भएका नेपाली नागरिकहरूका लागि विशेष प्राथमिकता दिइएको दूतावासले जनाएको छ।

विशेष शिविरमा पाँच सय ४८ नेपालीहरूको राहदानी नवीकरण गरिएको दूतावासले जानकारी दिएको छ। दूतावासले जनाएअनुसार विशेष काउन्टर सञ्चालन गर्ने कार्यमा गैरआवासीय नेपाली संघ यूएईले समेत सहयोग पुर्‍याएको थियो।

राहदानी नवीकरण प्रक्रियालाई सरल, सहज र छिटोछरितो बनाई प्रभावकारी सेवा प्रदान गर्न दूतवास सधैँ क्रियाशील कटिबद्ध र क्रियाशील रहेको दूतावासको भनाइ छ।

दूतावासले यसअघि पनि विभिन्न सार्वजनिक बिदाका दिनहरूमा विशेष काउन्टरहरू मार्फत यसका किसिमका शिविरहरू सञ्चालन गर्दै आएको छ।

राजदूत तेजबहादुर क्षेत्रीसँग राहदानी विभागमा समेत काम गरेको अनुभव हुनाले भीड व्यवस्थापन गर्ने र सहज ढंगले सेवाग्रहीलाई राहदानी उपलब्ध गराउन सफल भएका छन्।

नेपालीले मेसिन रिडेबल राहदानीको ठाउँमा ई–पासपोर्ट लिन थालेपछि आफैँ उपस्थित हुनुपर्ने भएकाले अधिक नेपाली रहेका ठाउँमा सबै दूतावासमा यसखाले भीड रहने गरेको छ। बेलाबेलामा सफ्टवेयरमा समस्या आउने कारणले थप भीड लाग्ने गरेको छ। सफ्टवेयरमा समस्या आउँदा गत महिना विभागले दुई सातासम्म राहदानी उपलब्ध गराउन सकेको थिएन।

प्रकाशित: १२ माघ २०८१ २१:३२ | Saturday, January 25, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast