शीतलहर : मुटुलाई सबैभन्दा बढी असर

हिमाल प्रेस २६ पुष २०८१ ६:२६ | Friday, January 10, 2025
शीतलहर : मुटुलाई सबैभन्दा बढी असर वीरगञ्जको घण्टाघरचोकमा लागेको बाक्लो हुस्सु र कुहिरोले छोपिएको घण्टाघर। चिसो बढेसँगै यो क्षेत्रको जनजीवन प्रभावित बनेको छ। तस्बिर : हिमाल लम्साल/रासस

काठमाडौँ- शीतलहरका बेला विषेश सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन्। जनस्वास्थयविद् डा.समिर अधिकारीले अचानक तापक्रम न्यून हुँदा निमोनिया हुने, छालाको समस्या, रूघाखोकी लाग्नेदेखि दीर्घरोगसमेत लाग्ने हुँदा विशेष सतर्कता अपनाउन आवश्यक रहेको बताए।

‘तापक्रम कम भएर शीतलर चल्दा पैताला, टाउको, घाँटी, छाती र हातबाट शरीरमा चिसो पस्छ,जसले गर्दा छाला चिलाउने, सुन्निने, रातो हुन्छ। यसका साथै झाडापखाला, बाथरोग लाग्ने, जीउ दुख्ने, मानसिक तनावसमेत हुन्छ’,उनले भने,‘यस समयमा विशेष सतर्कता अपनाएर न्यानो लुगा लगाउनुपर्छ।’

मुटुरोग विशेषज्ञ डा.रञ्जित शर्माले बढी चिसो हुँदा सबैभन्दा बढी असर मुटुलाई पर्ने बताए। चिसोमा हाम्रो शरीरमा विभिन्न किसिमका हर्मोनको मात्रा वृद्धि हुने भएकाले रगतको भिस्कोसिटी (बाक्लोपना) बढ्ने र रक्तनली भने खुम्चँदा यसले रक्तप्रवाह असामान्य भई मुटुमा अक्सिजनको कमी हुने उनको भनाइ छ।

‘हाम्रो मुटुले सामान्य अवस्थामा भन्दा बढी काम गर्नुपर्छ, जसले रक्तनलीमा रगत जमेर हृदयघात र मस्तिष्कघातसमेत हुनसक्छ’,शर्माले भने।

शीतलहरबाट जोगिने उपाय

शीतलहरबाट प्रभावित हुने स्थानमा बसोबास गर्ने समुदायका मानिसले शीतलहरको समयमा आफ्ना परिवारको विषेश ख्याल राख्न जरुरी छ।

यस समयमा सकेसम्म घर बाहिर ननिस्कुन उचित हुने विज्ञको सुझाव छ। न्यानो लुगा लगाउने, तातोपानी र खानेकुरा सेवन गर्ने, वृद्ध र बालबालिकाप्रति विशेष ध्यान दिने गर्नुपर्छ।

यसैगरी शीतलहरका विषयमा स्थानीय प्रशासनसँग नियमित सूचना लिनु आवश्यक छ। स्थानीय तथा प्रदेश तहसँग समन्वय बढाउन आवश्यक छ।

प्रकाशित: २६ पुष २०८१ ६:२६ | Friday, January 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast