विद्युत् प्राधिकरणको ३ महिनाको नाफा नौ अर्ब ११ करोड ३२ लाख

हिमाल प्रेस ३ पुष २०८१ ६:३८
2
SHARE
विद्युत् प्राधिकरणको ३ महिनाको नाफा नौ अर्ब ११ करोड ३२ लाख

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नौ अर्ब ११ करोड ३२ लाख रुपैयाँ बराबरको नाफा कमाएको छ। यो करकट्टी गर्नुअघिको नाफा हो।

चालु आवको साउनदेखि असोज मसान्तसम्म ब्याज तथा अन्य आम्दानी समेत कूल आम्दानी ४१ अर्ब ८० करोड ६८ लाख रुपैयाँ रहेको छ। यस्तै ३२ अर्ब ६९ करोड ३६ लाख रुपैयाँ बराबरको खर्च भएको छ।

प्राधिकरणले ३२ अर्ब ६९ करोड ३६ लाख रुपैयाँ बराबरको सञ्चालन सम्भार खर्च गरेको छ। विभिन्न वितरण केन्द्रको विद्युत् बिक्री रकम २८ अर्ब ९५ करोड आठ लाख ९८ हजार रुपैयाँ रहेकोमा २६ अर्ब ७७ करोड ६६ लाख ५७ हजार रुपैयाँ रहेको छ।

प्राधिकरणले आफ्ना र सहायक कम्पनीबाट ८७ करोड ५२ लाख रुपैयाँ र अन्य निजी उत्पादक कम्पनीबाट तीन अर्ब २२ करोड ९५ लाख रुपैयाँ गरी जम्मा चार अर्ब १० करोड ४७ लाख युनिट खरिद गरेको छ।

त्यसका लागि २१ अर्ब नौ करोड १७ लाख रुपैयाँ बराबरको भुक्तानी गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।

गत साउनदेखि असोज मसान्तसम्म भारतबाट बिजुली आयात गरिएको छैन। असोजको दोस्रो साताको बाढीका कारण अपेक्षित निर्यात हुन नसके पनि सो अवधिमा आयात भने गर्नु नपरेको प्राधिकरणको भनाइ छ।

उक्त अवधिमा प्राधिकरणले भारततर्फ एक अर्ब ४० करोड ६१ लाख युनिट बिजुली निर्यात गरी १० अर्ब ८८ करोड ८७ रुपैयाँ बराबरको आम्दानी गरेको छ।

नेपाल सरकार र वैदेशिक सहयोग एवम् लगानीमार्फत १६ अर्ब ९३ करोड ९१ लाख २७ हजार रुपैयाँ बराबर खर्च भएको छ। रासस

प्रकाशित: ३ पुष २०८१ ६:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast