काठमाडौँ- काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयर पदको जारी मतगणनामा अगाडि भइरहेका नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले मतान्तर बढाउँदै लगेका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार कांग्रेस उम्मेदवार डंगोल २ हजार ४२० मतसहित अगाडि भइरहेका हुन्।
उनी एमाले उम्मेदवार डा.सुरेन्द्र मानन्धरभन्दा ३५९ मतले अघि भएका हुन्। मानन्धरले अहिलेसम्म २ हजार ६१ मत पाएका छन्। तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका उम्मेदवार प्रा.डा.शिवशरण महर्जनले हालसम्म १ हजार ६७४ मत पाएका छन्।
अघिल्लो निर्वाचनमा कीर्तिपुरको मेयरमा कांग्रेसका राजकुमार नकर्मी ९ हजार ४३ मत ल्याएर निर्वाचित हुँदा एमालेका केश रत्न बज्राचार्यले ५ हजार ५०७ र माओवादी केन्द्रका शिव शरण महर्जनले ४ हजार ९० मत ल्याएका थिए। तर मेयर राजकुमार नकर्मीकाे निधन भएपछि उपनिर्वाचन गरेर रिक्त पद पूर्ति गर्न लागिएको हो।