सर्वोच्च अदालत। फाइल तस्बिर
काठमाडौँ- सर्वोच्च अदालतमा सबै मुद्दाको सुनुवाइ स्थगित भएको छ। सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधनको शोकमा आइतबार मुद्दाहरूको सुनुवाइ स्थगित भएको हो।
पूर्वन्यायाधीश वस्तीको शुक्रबार हृदयाघातका कारण निधन भएको थियो। सर्वोच्च अदालतले आफ्नो वेबसाइटमा बेन्च नबस्ने पनि जानकारी गराएको छ।
प्रकाशित: १४ पुष २०८१ १३:३६ | Sunday, December 29, 2024
प्रतिक्रिया





