पाकिस्तानको दक्षिणपश्चिमस्थित क्वेटा रेलवे स्टेसनमा भएको बम विस्फोटपछि खटिएका सुरक्षाकर्मीहरू। फाइल तस्बिर : एपी/रासस 
                                            काठमाडौँ- पाकिस्तानको बलुचिस्तानस्थित रेल स्टेसनमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या २१ पुगेको छ। विस्फोटको जिम्मेवारी बलुच लिबरेसन आर्मीले लिएको बीबीसीले जनाएको छ।
विस्फोटमा कम्तीमा ४६ जना घाइते भएका खबर छ। अधिकारीहरूले मृत्यु हुनेको संख्यामा अझै बढ्न सक्ने बताएका छन्।
पाकिस्तान प्रहरीका एसएसपी अपरेसन्स मोहम्मद बलुचका अनुसार विस्फोटको समयमा प्लेटफर्ममा लगभग १५० देखि २०० जना मानिस भेला भएका थिए। उनीहरू रेलको पर्खाइमा रहेको समाचारमा उल्लेख छ। घटनामा केही सैनिक पनि प्रभावित भएका छन्। बलुचिस्तानका मुख्यमन्त्रीले घटनाको निन्दा गरेका छन्।
                            प्रकाशित: २४ कार्तिक  २०८१ १२:०१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

