बालसाहित्यकार चौधरीको ‘नयाँ बनपाले’ सर्वोत्कृष्ट बालपुस्तक घोषित

हिमाल प्रेस २१ कार्तिक २०८१ १४:५२
126
SHARES
बालसाहित्यकार चौधरीको ‘नयाँ बनपाले’ सर्वोत्कृष्ट बालपुस्तक घोषित

काठमाडौँ- नेपाल बालसाहित्य समाजले २०७९ सालको ८ वर्ष मुनिका लागि नयाँ बनपाले (चित्रकथा) लाई सर्वोत्कृष्ट कृति घोषणा गरेको छ। सर्वोत्कृष्ट कृति मूल्यांकन समितिद्वारा गरिएको सिफारिसलाई समाजका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा कात्तिक २० गते (मंगलबार) बसेको कार्यसमिति बैठकले इन्द्र चौधरीको ‘नयाँ बनपाले’लाई सर्वोत्कृष्ट कृति घोषणा गरेको हो।

नयाँ बनपाले रूम टु रिडले प्रकाशन गरेको हो। बालसाहित्यकार चौधरीका अन्य बालकथाहरूमा ढोला फर्कियो त?, कपासको घोडा रहेका छन्। चौधरीका रानाथारू जातिमा प्रचलित लोककथा तथा मिथक र टिपटिप (रानाथारू लोककथा) पनि प्रकाशित छन्।

समाजले ८ वर्ष माथिका लागि सिर्जना राईको साङ्केनको खुल्दुली ‍(चित्रकथा) सर्वोत्कृष्ट कृति घोषणा गरेको छ। ‍२०७८ सालको नेबासास सर्वोत्कृष्ट बालपुस्तक लेखनतर्फको पुरस्कार ८ वर्ष मुनिका लागि कवि मित्रलाल पंज्ञानीको नानी र चरी (बालकाव्य) र ८ वर्ष माथिका लागि उपन्यासकार हरि खनालको आमा (बालउपन्यास) घोषित भएको छ।

त्यसैगरी चित्राङ्कनतर्फ नेबासास सर्वोत्कृष्ट बालपुस्तक चित्राङ्कन पुरस्कार-२०७८ का लागि कलाकार कलाग्रज बिको बाघसँग जम्काभेट (चित्रपुस्तक) र २०७९ का लागि कृषा ताम्राकारको य:मरी (चित्रपुस्तक) लाई प्रदान गरिने घोषणा गरिएको छ। पुरस्कार प्रदान कार्यक्रमको मिति तय भएको छैन।

प्रकाशित: २१ कार्तिक २०८१ १४:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast