काठमाडौँ- फिल्म ‘ह्रस्व–दीर्घ’ कात्तिक ३० मा प्रदर्शन हुने भएको छ। नेपाली, हिन्दी र अन्य भाषामा एकैदिन उक्त फिल्म प्रदर्शनको तयारी गरिएको छ।
चन्द्र पन्तको निर्देशन रहेको उक्त फिल्ममा नेपाल र भारतका लोकप्रिय कलाकारहरूको अभिनय छ ।
फिल्ममा हरिहर र नितासँगै, चर्चित दक्षिण भारतीय कलाकार ब्रह्मानन्द, बलिउड कलाकार प्रदीप रावतसँगै गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाललगायतको अभिनय छ। विश्वकै ठूलो मानिएको भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा चलचित्रको छायाङ्कन गरिएको छ ।
अभिनेता हरिहरद्वारा लिखित फिल्ममा कवीरलालको छायाङ्कन, डी गुरुङको सम्पादन, रामजी लामिछाने र बलिउड कोरियोग्राफर शुष्मा सुमनको कोरियोग्राफी छ । यो फिल्म नीता फिल्म्सको ब्यानरमा निर्माण भएको हो ।
प्रकाशित: १९ कार्तिक २०८१ २१:४५
प्रतिक्रिया