शीर्ष स्थानको बार्सिलोना सेल्टा डि भिगोसँग २-२ को बराबरीमा रोकियो

हिमाल प्रेस ९ मंसिर २०८१ ८:३२ | Sunday, November 24, 2024
शीर्ष स्थानको बार्सिलोना सेल्टा डि भिगोसँग २-२ को बराबरीमा रोकियो

काठमाडौँ- स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना बराबरीमा रोकिएको छ। आइतबार बिहान भएको खेलमा बार्सिलोना सेल्टा डि भिगोसँग २-२ को बराबरीमा रोकिएको हो।

घरेलु मैदान बालाइडोस स्टेडियममा भएको खेलमा सेल्टाको लागि ह्युगो अल्भारेज र अल्फोन गोन्जालेजले गोल गरे पाहुना टोलीका लागि भने राफिन्हा र रोबर्ट लेवान्डोस्कीले गोल गरे।

खेलको १५औं मिनेटमा राफिन्हाको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो। ६१औं मिनेटमा लेभान्डोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बरको बनाए।

खेलको ८२औं मिनेटमा बार्सिलोनाका मिडफिल्डर मार्क कासाडो दोस्रो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सिमित रह्यो।

त्यसको तीन मिनेटपछि सेल्टाका लागि अल्फोन गोन्जालेजले गोल फर्काए। ह्युगो अल्भारेजले ८६औं मिनेटमा गोल गर्दै सेल्टालाई बराबरीमा पुर्‍याए।

बराबरी पछि पनि शीर्ष स्थानमा कायमै रहेको बार्सिलोना १४ खेलमा ३४ अंकमा छ। दुई खेल कम खेलेको रियल मड्रिडसँग बार्सिलोनाको सात अंकको अग्रता रहेको छ।

सेल्टा भने समान खेलमा १८ अंकका साथ ११औं स्थानमा छ।

प्रकाशित: ९ मंसिर २०८१ ८:३२ | Sunday, November 24, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast