‘बेहुली फ्रम मेघौली’ ओटीटीमार्फत हेर्न सकिने

हिमाल प्रेस ९ कार्तिक २०८१ १८:०४
16
SHARES
‘बेहुली फ्रम मेघौली’ ओटीटीमार्फत हेर्न सकिने

काठमाडौँ- गत असोज १७ मा प्रदर्शन भएको फिल्म ‘बेहुली फ्रम मेघौली’ ओटीटीमा सार्वजनिक गरिएको छ। फिल्म प्लेस्टोरबाट एमएसएम भिडियो एप डाउलोड गरेर हेर्न सकिन्छ।

दसैँको फुलपातीमा प्रदर्शन भएको फिल्मका कारण आफ्नो फिल्मले कम सो पाएको भन्दै निर्माण टिमले हलबाट फिल्म उतारेर ओटीटीमा प्रदर्शन गर्ने निर्णय गरेको थियो। एकल प्रदर्शन भएको फिल्मले पहिलो दिन हलमा नेपालकै सबैभन्दा बढी ३४० सो पाएको थियो। भने दर्शकबाट पनि फिल्मले सकारात्मक प्रतिक्रिया मिलेको थियो।

स्वस्तिमा खड्का तथा निश्चल बस्नेतको मुख्य भूमिका रहेको फिल्ममा विवाहको कथामा बनेको छ। सामाजिक कथामा आधारित कमेडीमिश्रित फिल्म साजन काफ्ले र आकाश बरालले निर्देशन गरेका हुन्। यो उनीहरुको डेब्यु निर्देशन हो।

फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्कासँगै बसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर शिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ।

फिल्म ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको हो। स्वस्तिमा खड्का र निश्चल बस्नेतले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन्। फिल्म नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्रफी, जयन जे वाइवा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादनमा बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =