हलबाट उतारियो ‘बेहुली फ्रम मेघौली’, ओटीटीमा रिलिज हुँदै

हिमाल प्रेस १ कार्तिक २०८१ १५:४१
8
SHARES
हलबाट उतारियो ‘बेहुली फ्रम मेघौली’, ओटीटीमा रिलिज हुँदै

काठमाडौँ- गत असोज १७ देखि हलमा प्रदर्शन गरिएको फिल्म ‘बेहुली फ्रम मेघौली’ बिहीबार (आज) देखि हलबाट उतारिएको छ। फिल्म अब एमएसएम भिडियो एपमार्फत रिलिज हुनेछ।

सो व्यवस्थापनमा हलप्रति असन्तुष्टि जनाउँदै फिल्मका निर्माता तथा अभिनेता निश्चल बस्नेतले सामाजिक सञ्जालमार्फत बुधबार सबै हलबाट फिल्म उतार्ने निर्णय गरेको बताएका थिए। स्टाटसमार्फत उनले विकल्पको रुपमा फिल्म छिट्टै ओटीटी प्लेटर्फममा रिलिज पनि बताएका छन्।

उनले हलमा हेरिदिनुहुने सबै दर्शकलाई धन्यवाद दिँदै एमएसएम भिडियोएपमार्फत फिल्म रिलिज गर्ने जानकारीसमेत दिएका छन्।

स्वस्तिमा खड्का र निश्चल बस्नेतको मुख्य भूमिका रहेको फिल्ममा लगानी उनीहरूकै छ। फिल्म सजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशनमा बनेको हो।

फिल्ममा उमेर भन्दै युवतीमाथि समाज र परिवारले विवाहका लागि दिने दबाबका कारण उत्पन्न परिस्थितिको कथा प्रस्तुत गरिएको छ।

फल्ममा अन्य कलाकार बसुन्धरा भुसाल, विजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, टीका पहारीलगायतको अभिनय छ।

फिल्म ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस‍्को ब्यानरमा निर्माण भएको हो। अभिनेता विजय बराल कास्टिङ डिरेक्टर रहेको फिल्म नरेन्द्र मैनालीको छायांकन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्राफी, जयन जे वाइबा र कुशल पोखरेलको संगीत, निमेष श्रेष्ठको सम्पादन, घनश्याम श्रेष्ठको प्रोडक्सन डिजाइनमा बनेको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 5 =