जर्मनी : मन्त्रालयअन्तर्गतको एक समितिमा मनोनीत भए शिव अधिकारी

हिमाल प्रेस ८ असोज २०८१ २०:५३
2
SHARE
जर्मनी : मन्त्रालयअन्तर्गतको एक समितिमा मनोनीत भए शिव अधिकारी मन्त्री हाइके होफमानसँग शिव अधिकारी।

काठमाडौँ- नेपाली समाज जर्मनीका अध्यक्ष शिव अधिकारी हेसेन श्रम, एकीकरण, युवा र सामाजिक मामिला मन्त्रालयअन्तर्गतको एक समितिको पहिलो नेपाली सदस्यको रूपमा मनोनीत गरिएको छ। मन्त्री हाइके होफमानको अध्यक्षतामा हेसेन राज्यमा बसेको बैठकले ‘इन्ट्रिग्रेसन कन्फ्रेन्स’ गठन गरेको थियो।

शिव अधिकारी २० वर्षदेखि हेसेनमा रहेर अन्तरसांस्कृतिक समझदारी बढाउन सक्रिय व्यक्ति हुन्। ‘यो मनोनयनले जर्मन समाजमा हामीले एकीकरण र योगदान गर्ने प्रयासहरूको प्रशंसा र मान्यतालाई झल्काउँछ,’ अधिकारीले भने, ‘म मेरो ज्ञान, दृष्टिकोण र विचारहरु इन्टिग्रेसन कन्फ्रेन्स प्रस्तुत गर्न इच्छुक छु। हाम्रो विविध समाजमा सामाजिक एकता बलियो बनाउन मद्दत गर्ने नीतिहरू निर्माण गर्न सक्रिय रूपमा योगदान गर्न चाहन्छु।’

अधिकारीले इन्जिनियरिङ र व्यवसाय प्रशासनमा स्नातकोत्तर गरेका छन्। नेपालको सिरहामा जन्मिएका उनी विगत २५ वर्षदेखि जर्मनीमा बस्दै आएका छन्।

प्रकाशित: ८ असोज २०८१ २०:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =