सर्लाहीमा सर्पले डसेका युवकको मृत्यु

हिमाल प्रेस १८ भदौ २०८१ २१:४७
20
SHARES
सर्लाहीमा सर्पले डसेका युवकको मृत्यु सांकेतिक तस्बिर।

सर्लाही- सर्लाहीको हरिवनमा विषालु सर्पले डसेका एक युवकको ज्यान गएको छ।

हरिवन नगरपालिका-८, चापिनी निवासी ३५ वर्षीय सागर आलेमगरको मृत्यु भएको हो। आलेलाई सोमबार राति शौचालय जाने क्रममा गोमन सर्पले डसेको थियो। त्यसपछि उनलाई लालबन्दीस्थित सर्पदंश उपचार केन्द्र नवलपुर पुर्‍याइएको थियो। तर त्यहाँ उपचार सम्भव नभएपछि जनकपुरतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो।

सर्पले सोमबार राति नै डसेको भए पनि मंगलबार बिहानपख मात्र परिवारले थाहा पाएपछि ढिलो गरी उपचारका लागि ल्याइएकाले समस्या भएको उपचार केन्द्र नवलपुरका अध्यक्ष उद्धव पौडेलले जानकारी दिए।

प्रकाशित: १८ भदौ २०८१ २१:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =