‘रावायण’ को गीत ‘करेजा निकरी’

हिमाल प्रेस १८ भदौ २०८१ १२:०४
6
SHARES
‘रावायण’ को गीत ‘करेजा निकरी’

काठमाडौँ- तीजको अवसरमा भदौ २१ मा प्रदर्शन हुने फिल्म ‘रावायण’ को गीत ‘करेजा निकरी’ सार्वजनिक भएको छ। भोजपुरी भाषामा सार्वजनिक गीतको भिडियोमा पूर्वमिस नेपाल निकिता चाण्डक, पल शाह र प्रकाश शाहको नृत्य छ। निकिता फिल्मकोको यही गीतमा मात्र देखिनेछिन्।

तराईको मध्य मधेशको गाउँलाई सेटअप बनाएर छायांकन गरिएको गीतमा विक्रम स्वाँरको कोरियोग्राफी छ। गीतमा भारतीय गायिका सोनु कक्कड र समीर चौरासियाको स्वर छ।रेवन आरती सिंहको संगीत तथा प्रदीप श्रीवास्तवको शब्द रहेकाे छ।

फिल्मका निर्देशक सुदर्शन थापा हुन्। निर्देशक थापाकै कथा र शिवम अधिकारीको लेखनमा फिल्म बनेको छ। फिल्ममा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाललगायत कलाकारको अभिनय छ।

सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको ब्यानरमा बनेको फिल्मी निर्माता पूजा शर्मा हुन्। सौरभ लामाको छायांकन र मिलन श्रेष्ठको सम्पादन गरेको फिल्म प्रमोद श्रीनिवासनको साउण्ड डिजाइन, निरज सिंह, रेवन आरती सिंहको संगीत, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन, समीर मियाँको भीएफएक्स, विजय बस्यालको पोस्टर डिजाइन, नविन पुरीको प्रोडक्सन डिजाइन छ।

प्रकाशित: १८ भदौ २०८१ १२:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 6 =