सकियो माओवादी केन्द्र लुम्बिनीको परामर्श बैठक, ७० नेताले दिए सुझाव

हिमाल प्रेस १७ भदौ २०८१ १८:२३
12
SHARES
सकियो माओवादी केन्द्र लुम्बिनीको परामर्श बैठक, ७० नेताले दिए सुझाव

बाँके- नेकपा (माओवादी केन्द्र) को लुम्बिनी प्रदेशस्तरीय परामर्श बैठक सम्पन्न भएको छ। नेपालगञ्जमा दुई दिनसम्म चलेको बैठक आज (सोमबार) सकिएको हो।

बैठकमा यस प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी गरी ७० जनाले सुझाव दिएका छन्। पहिलो दिन ५१ र दोस्रो दिन १९ जना गरी ७० जना प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरूले सुझाव दिएका थिए।

नेताहरूले पार्टीले अघि सारेको सुशासन, सामाजिक न्याय र समृद्धिमा आधारित समाजवाद निर्माणको कार्यदिशा सही भएको उल्लेख गर्दै यसलाई थप परिस्कृत गर्दै ठोस कार्ययोजना अघि बढाउन सुझाव दिएका थिए। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पदाधिकारीहरूले सम्बोधन गरेका थिए।

केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्तावेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रमअन्तर्गत माओवादी केन्द्रले प्रदेश परामर्श बैठक गरिरहेको छ। अहिलेसम्म बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशको बैठक सम्पन्न भइसकेको छ।  मंगलबारदेखि पार्टीका आयोगमा रहेका केन्द्रीय नेताहरूसँग परामर्श लिने कार्यक्रम रहेको माओवादी केन्द्रले जनाएको छ।

प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय कमिटी बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर नियमित कार्यक्रमिकरूपमा जनतामा जाने माओवादी केन्द्रले जनाएको छ।

प्रकाशित: १७ भदौ २०८१ १८:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =