श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षेले गरे मायादेवी भ्रमण (तस्बिरहरू)

विनोद परियार ११ असोज २०८१ २०:३६ | Friday, September 27, 2024
श्रीलंकाका पूर्वराष्ट्रपति राजापाक्षेले गरे मायादेवी भ्रमण (तस्बिरहरू)

लुम्बिनी- शुक्रबार अपराह्न लुम्बिनी आइपुगेका श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाया राजापाक्षेले झरीको परवाह नगरी मायादेवी मन्दिरको दर्शन गरेका छन्।

निरन्तरको वर्षाले हिँडडुल गर्न समेत असहज भएका बेला राजापाक्षेले बुद्धजन्मस्थल लुम्बिनीमा पाइला टेक्न पाउनु जीवनकै ठूलो उपलब्धि भएको भन्दै झमझम वर्षा हुँदा पनि छाता ओढेर मायादेवी दर्शन गरे। उनले मायादेवी मन्दिर, जन्मस्मारक शिला, मायादेवी मूर्ती, पुष्पकरणी पोखरी, अशोक स्तम्भका बारेमा जानकारी लिँदै भ्रमण गरेका हुन्।

पूर्वराष्ट्रपति राजापाक्षेले लुम्बिनीमा दीप प्रज्वलन समेत गरे। मायादेवी भ्रमणअघि राजापाक्षेलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे), कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख स्मिता भट्ट, वरिष्ठ निर्देशक ज्ञानिन राई सहित कर्मचारीहरूले स्वागत गरेका थिए।

उपाध्यक्ष डा. लामाले स्वागत गर्दै श्रीलंका र नेपालको सम्बन्ध निकै पुरानो रहेको बताउँदै अझ श्रीलंकाको भूमिका बढाउन अनुरोध गरे। उनले लुम्बिनीलाई लक्षित गरी गौतमबुद्ध विमानस्थलमा उडानका लागि समेत अनुरोध गरे।

राजापाक्षेसँगै श्रीलंकाका लागि नेपाली राजदुत सुदर्शना पाथिराना समेत सहभागी थिए। श्रीलंकनहरु लुम्बिनी निकै श्रद्धाका साथ आउने भएकाले पूर्व राष्ट्रपतिले महत्त्वका साथ मायादेवी भ्रमण गरेको सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले बताए। परिवारसहित आएका राजापाक्षेले लुम्बिनीमा शान्तिको कामना गर्दै दीप प्रज्वलन समेत गरेका थिए।

प्रकाशित: ११ असोज २०८१ २०:३६ | Friday, September 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast