एनआरएन विवादमा मिसिल झिकाउने सर्वोच्चको आदेश

हिमाल प्रेस ३१ भदौ २०८१ १८:५६ | Monday, September 16, 2024
एनआरएन विवादमा मिसिल झिकाउने सर्वोच्चको आदेश सर्वोच्च अदालत। फाइल तस्बिर

काठमाडौँ- सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएन) को आधिकारिकता विवादमा अहिलेसम्म भएका अदालतका आदेशको मिसिल झिकाउने आदेश गरेको गरेको छ।

न्यायाधीश बालकृष्ण ढकालको इजलासले आज (सोमबार) एनआरएनको महाधिवेशनका समबन्धमा अदालतबाट भएको आदेशसहितका मिसिल झिकाई अलोकनका लागि साथै दुवै पक्षलाई झिकाउन भनिएको छ।

एनआरएनका राजेन्द्रकुमार शर्मा पक्षले दायर गरेको रिट निवेदनमा आफू आधिकारिक भएको दाबी गर्दै यही भदौ २६ गते रिट निवेदन दायर गराएका थिए। उक्त संस्थाको महाविधेवशनपछि पदाधिकारी विवादमा सर्वोच्च अदालतबाट यसअघि दुईवटा फैसला सुनाइ सकेको छ।

प्रकाशित: ३१ भदौ २०८१ १८:५६ | Monday, September 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast