‘संविधान संशोधन दुई दलीय व्यवस्था कायम गर्न हो भने सहेर बस्दैनौँ’

हिमाल प्रेस २ भदौ २०८१ १५:१२
14
SHARES
‘संविधान संशोधन दुई दलीय व्यवस्था कायम गर्न हो भने सहेर बस्दैनौँ’

काठमाडौँ- राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी) सांसद डा. वेदुराम भुसालले संविधान संशोधन दुई दलीय व्यवस्था कायम गर्नका लागि भए सह्य नहुने बताएका छन्।

आइतबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले समानुपातिक समावेशी सहभागितामूलक लोकतान्त्रिक प्रणाली तोड्न, भत्काउनका निम्ति संविधान संशोधन गर्नेकुरा सह्य नहुने बताएका हुन्।

सांसद भुसालले अहिले संविधान संशोधनका चर्चा धेरै भइरहेको भन्दै संविधान संशोधन गर्ने सर्तमा नयाँ गठबन्धन बनाइएको बताए। उनले संविधान असंशोधनीय दस्ताबेज नभएको तर संशोधन के उद्देश्यले गर्ने ? कस्तो संशोधन गर्ने ? केका निम्ति संशोधन गर्ने ? भन्ने प्रश्न रहेको बताए।

‘अनियमितता बढेर गएका छ। बेरुजु बढेर गएको छ। अनियमितता बढेर गएको छ भन्नुको मतलब भ्रष्टाचार बढेर गएको छ। यसलाई नियन्त्रण गर्न सकिएको छैन। यसमा सरकारले गम्भीरतापूर्वक ध्यान दिओस्,’ उनले भने, ‘अहिले संविधान संशोधनका खुब चर्चा हुने गरेका छन्। संविधान संशोधन गर्ने सर्तमा नयाँ गठबन्धन बनाइयो दुई दलको बीचमा सहमति गरेर भन्ने पनि आएको छ। हाम्रो संविधान असंशोधनीय दस्ताबेज होइन। संशोधन हुनसक्छ। तर संशोधन के उद्देश्यले गर्ने ? कस्तो संशोधन गर्ने रु केका निम्ति संशोधन गर्ने ? के अहिले भनिए जस्तै दुई दलीय व्यवस्था कायम गर्नका निम्ति संशोधन हो ? समानुपातिक समावेशी सहभागितामूलक लोकतान्त्रिक प्रणाली तोड्न, भत्काउनका निम्ति हो।’

प्रकाशित: २ भदौ २०८१ १५:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 3 =