ईपीएसको दोस्रो चरणको नतिजा सार्वजनिक

हिमाल प्रेस २२ साउन २०८१ ७:०८
32
SHARES
ईपीएसको दोस्रो चरणको नतिजा सार्वजनिक

काठमाडौँ- कोरियन भाषा परीक्षा (ईपीएस)को दोस्रो चरणको नतिजा सार्वजनिक भएको छ। एचआरडी कोरियाले उत्पादनमूलक क्षेत्रका लागि वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म लिएको भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

६६ हजार ३२६ जनाले परीक्षा दिएकोमा ८ हजार ९६५ जना उर्तीर्ण भएका छन्। जुन १३.५ प्रतिशत मात्रै हो । उनीहरुको सूची एचआरडी कोरियाले सोमबार वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखालाई पठाएको छ।

परीक्षाका लागि ७९ हजार ९३७ जनाले आवेदन दिएका थिए । दोस्रो चरणको परीक्षामा पास भएकाहरुको मात्र अन्तिम नामावलीमा प्रकाशित गरिनेछ । अब २०८१ को कात्तिक २६ गतेदेखि पुस २ गतेसम्म तेस्रो चरणको परीक्षा हुनेछ ।यसअघि २०८० फागुन ७ गतेदेखि चैत २४ गतेसम्म पहिलो चरणको परीक्षा सञ्चालन गरिएको थियो । जसमा ४० हजार ५८० जनाले परीक्षा दिएकोमा ६ हजार ३२१ जना मात्रै उर्तिर्ण भएका थिए ।

प्रकाशित: २२ साउन २०८१ ७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =