माल्दिभ्सविरुद्ध नेपालको सहज जित

हिमाल प्रेस २१ साउन २०८१ १७:१६
24
SHARES
माल्दिभ्सविरुद्ध नेपालको सहज जित

काठमाडौँ- सेन्ट्रल एसियन भलिबल एसोसिएसन(काभा) महिला नेशन्स लिगमा नेपालले सोमबार माल्दिभ्सविरुद्ध ३ ० को सोझो सेटमा जित निकालेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा नेपालले लिग चरणको अन्तिम खेल २५-६, २५ -१९, २५-१८ ले आफ्नो पक्षमा पर्‍यो।

पहिलो सेट एकतर्फी बने पनि दोस्रो सेट भने नेपालले केही संघर्ष गर्नुपर्‍यो। दोस्रो सेटमा प्रशिक्षक जगदिश भट्टले मुख्य खेलाडीलाई आराम दिएका थिए। १६-१८ ले पछि परेको स्थितीमा लगातार सात अंक जोड्दै नेपाल खेलमा फर्किएको थियो।

दोस्रो रोजाइका खेलाडी उतारेको नेपालले तेस्रो सेटमा पनि केही संघर्ष गर्नुपर्‍यो। तेस्रो सेटको सुरुआतमा ६-८ ले पछि परेकको अवस्थामा नेपालले लगातार चार अंक जोडेको थियो।

जितसँगै चार खेलमा नौ अंक जोडेको नेपाल दोस्रो स्थानमा रह्यो। चारै खेलमा पराजित माल्दिभ्स अंकविहिन बन्यो। यसअघि श्रीलंकालाई ३-० र भारतलाई ३-२ को सेटमा हराएको नेपाल इरानसँग ३ २ को सेटमा पराजित भएको थियो। माल्दिभ्स इरान, भारत र श्रीलंकासँग समान ३-० को सेटमा पराजित भएको थियो।

नेपालले सेमिफाइनलमा इरानको सामना गर्नेछ। इरान चार खेलमा सात अंक जोड्दै तेस्रो स्थानमा रह्यो। सोमबार नै सम्पन्न पहिलो खेलमा श्रीलंकामाथि ३-० को सेटमा जित निकाल्दै भारतले शीर्ष स्थान पक्का गरेको थियो।

अर्को सेमिफाइनलमा शीर्ष स्थानको भारत र चौथो स्थानको श्रीलंका भिड्नेछन्। भारतले चार खेलमा १० र श्रीलंकाले चार अंक जोडे।

प्रकाशित: २१ साउन २०८१ १७:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =