‘रित्तो गाउँ’ को लिरिकल गीत

गाउँ रित्तिएको कथा ‘बोल्ने कोही छैन’

हिमाल प्रेस २ भदौ २०८१ ११:३३ | Sunday, August 18, 2024
गाउँ रित्तिएको कथा ‘बोल्ने कोही छैन’

काठमाडौँ- डकुमेन्ट्री लघु फिल्म ‘रित्तो गाउँ’ को लिरिकल गीत ‘बोल्ने कोही छैन’ को सार्वजनिक भएको छ। गायक शिशिर योगीको स्वर र संगीत रहेको गीतमा कवि अर्जुन पराजुलीको शब्द, विवी अनुरागीको संगीत संयोजन छ।

गीतमार्फत फिल्मको कथालाई बुझाउन खोजिएको छ। गीतले युवा विदेश पलायनले गाउँ रित्तिएको गाथा कथा प्रस्तुत गरेको छ। गाउँमा आमा पाल्ने मान्छेसमेत नभएको भन्दै पाहुना आउँदा ढोका खोल्ने, खेतबारी जोत्ने, घर लिप्ने, तुलसीको मोठ पोत्ने, छानो टाल्ने र कुरा सुनिदिने मान्छेसम्म नभएको गाउँको वर्तमान अवस्थाकाे चित्रण गरिएको छ।

फिल्ममा हिउँवाला गौतम, सुवास गजुरेल, मुकुन भुसाल, सविना राउत लगायत कलाकारको अभिनय छ। फिल्मका लेखक तथा निर्देशक रामजी ज्ञवाली हुन्। विभिन्न फिल्म फेस्टिबल तथा विशेष सो सकिएपछि ‘रित्तो गाउँ’ कुनै ओटिटी प्लेटफर्ममार्फत सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ।

आनन्दराज प्रोडक्सनको ब्यानरमा सेलिब्रेटी टाइम्सले निर्माण गरेको फिल्मका निर्माता आनन्दराज शर्मा वाग्ले हुन्। फिल्मको कार्यकारी निर्मातामा कुनाल कयाल, प्रेम भुर्तेल, नारायण कंडेल छन्।

फिल्म निरज कंडेलको छायांकन र नहकुल खड्काको सम्पादनमा बनेको छ।

प्रकाशित: २ भदौ २०८१ ११:३३ | Sunday, August 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast