आम्दालाई मेडिकल कलेज बनाउन छलफल

हिमाल प्रेस १६ साउन २०८१ १९:१४
38
SHARES
आम्दालाई मेडिकल कलेज बनाउन छलफल

लुम्बिनी– बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउने विषयमा छलफल भएको छ।

इन्डोनेसियाको बालीमा हुने आम्दा इन्टरनेसनलको अन्तर्राष्ट्रियसभामा आम्दालाई मेडिकल कलेज बनाउन प्रस्ताव लैजाने विषयमा छलफल भएको हो।

आम्दा बुटवलको स्थानीय व्यवस्थापन समितिका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको अध्यक्षता र आम्दा इन्टरनेसनलका अध्यक्ष डा. सिगेरु सुगानामीको उपस्थितिमा आज बुटवलमा भएको छलफलमा आम्दा इन्टरनेसनल मेडिकल कलेज स्थापनाका लागि प्रक्रिया अगाडि बढाउने निर्णयसमेत गरिएको जनाइएको छ।

यसका लागि समितिका अध्यक्ष तथा उपमहानगर प्रमुख खेलराज पाण्डेयको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनाइएको छ। कार्यदलको सदस्यमा आम्दा इन्टरनेसनलका प्रतिनिधि अर्चना जोशी, आम्दा नेपालका अध्यक्ष डाक्टर सुनु दुलाल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल र आम्दा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. विनोद पराजुली सदस्य सचिव छन्।

 

प्रकाशित: १६ साउन २०८१ १९:१४

प्रतिक्रिया

One thought on “आम्दालाई मेडिकल कलेज बनाउन छलफल

  1. Ahile samma online payment, card lina nasakne hospitallai yeti mathiko darjaa dinu kadapi hudaina. Antim gayegujreko hospital. Ahile ko jamaanaa maa QR payment ta rakhnuni chor harule.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast