विमान दुर्घटनाको छानबिन गर्न सरकारले बनायो जाँचबुझ आयोग

हिमाल प्रेस ९ साउन २०८१ १८:४३
52
SHARES
विमान दुर्घटनाको छानबिन गर्न सरकारले बनायो जाँचबुझ आयोग फाइल तस्बिर।

काठमाडौँ- सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको छानबिन गर्न जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ।

सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। आयोगलाई ४५ दिनको म्याद दिइएको उनले बताए।

आगामी दिन यस्ता दुर्घटना हुन नदिन आवश्यक सुझाव समितिको प्रतिवेदन दिन आयोग गठन गरिएको उनको भनाइ छ। त्यस्तै आगामी दिनमा हवाई दुर्घटना हुन नदिन आन्तरिक तर्फका सबै वायुसेवा कम्पनीहरूले जहाजको अनिवार्य परीक्षण गर्ने र नागरिक उड्ययन प्राधिकरणले सघन अनुगमन गर्नुपर्ने निर्णय गरेको छ।

बैठकले विमान दुर्घटनाप्रति स्तब्ध भएको भन्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ।

विमान चालकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको प्रवक्ता गुरुङले जानकारी दिए। बैठकले जहाज दुर्घटनाको शोकमा बिहीबार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको उनले बताए।

बुधबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो।

प्रकाशित: ९ साउन २०८१ १८:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =