अमेरिकी डलर अहिलेसम्मकै महँगो, कति छ पाउन्ड र युरोको भाउ?

हिमाल प्रेस ९ साउन २०८१ ६:४८
22
SHARES
अमेरिकी डलर अहिलेसम्मकै महँगो, कति छ पाउन्ड र युरोको भाउ? फाइल तस्बिर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बुधबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य अहिलेसम्मकै सर्वाधिक महँगो हुँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३४ रुपैयाँ २१ पैसा निर्धारण भएको छ। अमेरिकी डलरको यो मूल्य नेपालमा अहिलेसम्मकै सर्वाधिक महँगो हो। दुई दिनअघि १ को खरिददर १३३ रुपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रुपैयाँ १७ पैसा भएर उच्च रेकर्ड बनाएको अमेरिकी डलर हिजो केही घटेको थियो। आज पुनः बढेर अमेरिकी डलरले अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड कायम गरेको हो।

हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३४ रुपैयाँ १६ पैसा थियो। त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४५ रुपैयाँ १९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४५ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४६ रुपैयाँ ०५ पैसा थियो।

बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १७३ रुपैयाँ २५ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १७२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ५१ पैसा थियो। अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ९६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३६ पैसा थियो।

कुवेती दिनार १ को खरिददर ४३७ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४३९ रुपैयाँ निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४३८ रुपैयाँ ९० पैसा थियो। बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ४६ र बिक्रीदर ३५६ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५४ रुपैयाँ ३१ र बिक्रीदर ३५५ रुपैयाँ ९० पैसा थियो।

प्रकाशित: ९ साउन २०८१ ६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eleven =