प्रचण्डलाई लक्षित गर्दै विष्टले भने : बाघको छालामा स्यालले रजाईं गर्ने कुराले कोल्टो फेर्‍यो

हिमाल प्रेस ६ साउन २०८१ १५:३३
114
SHARES
प्रचण्डलाई लक्षित गर्दै विष्टले भने : बाघको छालामा स्यालले रजाईं गर्ने कुराले कोल्टो फेर्‍यो

काठमाडौँ- नेकपा एमाललेका सचिव गोकर्ण विष्टले वर्तमान सरकार कुन काँध नरम छ भन्दै विकल्प खोज्ने प्रवृत्तिको उपज भएको बताएका छन्। आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलेको पक्षमा समर्थन गर्दै प्रतिनिधिसभा सांसद समेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बारम्बार सत्ताका लागि काँध फेर्ने प्रवृत्तिका कारण नयाँ गठबन्धन बनेको बताए।

एमाले र कांग्रेसले काँध थापिरहँदा पनि नरम काँध खोज्ने प्रवृत्तिले उपज नै नयाँ गठबन्धन भएको उनको भनाइ थियो।

‘रातमा वा दिनमा जुनसुकै बेला भएको सहमति भएपनि देशलाई अग्रमण र समस्या समाधान गर्छ भने रात र दिनको प्रश्न उठाएर वर्तमान गठबन्धनप्रति अविश्वास गर्नुपर्ने कुनै कारण छैन। यो गठबन्धन कहिले यो काँधमा कहिले त्यो काँधमा हुने, दुवै काँधले थामिरहेको छ,’ उनले भने, ‘काँध थाप्दा थाप्दा थाकि रहनेहरुले काँध थापि रहँदा पनि यो काँध भन्दा त्यो काँध नरम छ की त्यो काँध भन्दा यो काँध नरम छ। नरम काँध खोज्दै खोज्दै काँध बदल्ने प्रवृत्तिको उपज हो। वर्तमान गठबन्धन।’

सचिव विष्टले बाघको छालामा स्यालको रजाईं गर्ने कुराले कोल्टो फेरेको बताउँदै उनले वर्तमान गठबन्धन कतिपयको लागि चार दिनको चाँदनी फेरि अँधेरी भएको हुनसक्ने समेत बताए।

अहिलेको नेपाली राजनीतिमा आफू सरकारमा हुँदा मात्र लोकतन्त्र जोगिने र आफू बाहिर हुँदा खतरामा हुने भन्ने मान्यता स्थापित हुँदै गएको उनले बताए। ‘अरु केही भएको छैन। बाघको छालामा स्यालको रजाईं गर्ने कुराले कोल्टो फेरेको छ। त्यति मात्रै भएको छ,’ उनले भने, ‘कतिपयको लागि चार दिनको चाँदनी फेरि अँधेरी भएको हुनसक्छ। देश ठिक ढङ्गले अघि बढेको छ।’

प्रकाशित: ६ साउन २०८१ १५:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast