प्रधानमन्त्री ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिक सल्लाहकार खतिवडा

हिमाल प्रेस ३ साउन २०८१ २०:१७
70
SHARES
प्रधानमन्त्री ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा रिमाल र आर्थिक सल्लाहकार खतिवडा

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय गरिएको छ।

आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले रिमाल र खतिवडालाई सल्लाहकार नियुक्त गर्ने निर्णय गरिएको एक मन्त्रीले जानकारी दिए। एमालेका उपमहासचिव रिमाल यसअघि पनि ओलीको राजनीतिक सल्लाहकारका रूपमा थिए। त्यस्तै खतिवडा पूर्वगभर्नर एवं पूर्व अर्थमन्त्रीसमेत हुन्। बैठकले मन्त्रिपरिषद्अन्तर्गतका ५ वटा समिति बनाउने पनि निर्णय गरेको छ।

यस्तै प्रमुख स्वकीय सचिवमा राजेश बर्जाचार्य, स्वकीय सचिवालयमा रोशनी मेचे, दीपेन्द्र दाहाल र रामशरण बजगाई नियुक्त भएका छन्।

प्रकाशित: ३ साउन २०८१ २०:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 11 =