राष्ट्रिय सभाबाट पनि पारित भयो आगामी आर्थिक वर्षको बजेट

हिमाल प्रेस २१ असार २०८१ १५:११
16
SHARES
राष्ट्रिय सभाबाट पनि पारित भयो आगामी आर्थिक वर्षको बजेट राष्ट्रियसभा बैठक। फाइल तस्बिर

काठमाडौँ-  राष्ट्रियसभाबाट पनि आगामी आर्थिक वर्षको बजेट पारित भएको छ। शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजना विधेयक २०८१ (आगामी आर्थिक वर्षको बजेट) पारित गरियोस् भनी राखेको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो।

सभामा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८१ पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गरे।

सरकारले गत जेठ १५ मा ल्याएको आगामी आर्थिक वर्षको बजेट प्रतिनिधिसभाले यसअघि नै पारित गरिसकेको छ। बजेट पारित भए पनि सत्ता गठबन्धनमा भएको फेरबदलका कारण ये बजेट ल्याउने सरकार विस्थापित भई नयाँ सरकार बन्ने प्रक्रिया सुरु भएकाले बजेट कसरी कार्यान्वयनमा जान्छ भन्ने चासोको विषय बनेको छ।

प्रकाशित: २१ असार २०८१ १५:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =