नेपाली महिला टिम। तस्बिर :क्यान
                                            काठमाडौँ- एसीसी महिला एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा मंगलबार नेपालले भारतसँग खेल्दैछ। खेल नेपाली समय अनुसार साँझ सवा ७ बजे श्रीलंका स्थित दाम्बुला स्टेडियममा सुरु हुनेछ।
पछिल्लो खेलमा पाकिस्तानविरुद्ध ९ विकेटको हार बेहोरेको नेपाललाई सेमिफाइनलमा पुग्नका लागि यो खेल जित्नु पर्ने दबाब छ। समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा यूएईलाई ६ विकेट पराजित गरेको थियो। भारत २ खेलमा जित निकाल्दै समूहको शीर्ष स्थानमा, पाकिस्तान एक जितसहित दोस्रो स्थानमा र नेपाल समान एक जितसहित तेस्रो स्थानमा छ।
दुई खेल हारेको यूएई अंक तालिकाको पुछारमा छ। मंगलबार नै समूह ‘ए’ मा पाकिस्तान र यूएईबीच प्रतिस्पर्धा हुनेछ।
                            प्रकाशित: ८ साउन  २०८१ ७:१४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             

