संसद्‌मा शिक्षामन्त्रीको प्रश्न : राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्न खुट्टा किन कमाउने?

हिमाल प्रेस ९ असार २०८१ १७:५१
668
SHARES
संसद्‌मा शिक्षामन्त्रीको प्रश्न : राजनीतिमा लागेका शिक्षकलाई कारबाही गर्न खुट्टा किन कमाउने? सुमना श्रेष्ठ । फाइल तस्बिर ।

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले दलीय राजनीतिमा आबद्ध शिक्षकहरूलाई हटाउने सक्ने कानुनी व्यवस्था नै भएको दाबी गरेकी छन्। आइतबार प्रतिनिधिसभा बैठकमा मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा उल्लेख गरेकी हुन्।

मन्त्री श्रेष्ठले २०६८ सालको संशोधन भएको शिक्षा ऐनले दलीय राजनीतिमा आबद्ध शिक्षकहरूलाई हटाउन सक्ने प्रावधान राखेकाले आफूले सोही कुरालाई कार्यान्वयन गरेर अघि बढ्न चाहेको स्पष्ट पारे। उनले शिक्षकहरूलाई दलीय राजनीतिबाट टाढा लैजाने आफ्नो प्रयास कानुनी व्यवस्था व्यवस्था अनुसार नै भएकाले त्यसमा सिंगो संसदले सहयोग गर्नुपर्ने बताइन्।

‘आफूले ऐनमा भएको व्यवस्था कार्यान्वयन गर्न लागेको त्यसमा किन खुट्टा कमाउने?’ मन्त्री श्रेष्ठको सांसदहरूलाई प्रतिप्रश्न थियो। मन्त्री श्रेष्ठले शिक्षकहरूलाई दलीय राजनीतिबाट मुक्त गराउन आफूले डीएनएमात्रै नभएर आरएनए परीक्षण गराउन पनि पछि नपर्ने अडान दोहोर्‍याइन्।

प्रकाशित: ९ असार २०८१ १७:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + three =