भ्रष्टाचार विरोधी अभियान्ता भन्ने चारजना पक्राउ

हिमाल प्रेस ४ असार २०८१ १५:४८ | Tuesday, June 18, 2024
भ्रष्टाचार विरोधी अभियान्ता भन्ने चारजना पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- भ्रष्टाचार विरोधी अभियन्ता हुँ भनेर गैरकानुनी रूपमा संस्था खोलेर ठगेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। गोकर्णेश्वर नगरपालिका भित्र बेथिति एवं भ्रष्टाचारविरूद्ध अभियान २०८० नामकको संस्था गैरकानुनी रूपमा खोलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

पक्राउ पर्नेमा गोकर्णेश्वर बस्ने ३१ वर्षीय राजु सुनार, २६ वर्षीय आदर्श क्षेत्री, २० वर्षीय अस्मिता खत्री र ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ छन्। उनीहरूले संस्था विभिन्न वडाहरूमा खोलेर शाखासमेत विस्तार गरेको प्रहरीको आरोप छ।

विभिन्न सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनी, कलकारखाना, टोल सुधार एवं उपभोक्ता समितिमा गएर आफूहरू भ्रष्टाचार विरोधी अभियन्ता हौं भनेर चिनाउने गरेको एसपी अधिकारीले बताए।

त्यहाँ उनीहरूले तिमीहरूविरूद्ध भ्रष्टाचार गरेको, कर छली गरेको, आर्थिक अनियमितता गरेको भन्ने उजुरी परेको, छानबिन गर्न आएको, हिसाबकिताब देखाउ भन्दै सम्बन्धित सूचना मागेको प्रहरीले जनाएको छ।

पदाधिकारी तथा कर्मचारीहरूलाई मुद्दा हालिदिने भनेर धम्क्याउने र आतंक सिर्जना गरी भिडिओ बनाएर अनाधिकृत तवरले रकमसमेत असुली गरी ठगी गरेको आरोप छ। भिडिओ हालेर चरित्र हत्या समेत गरेको उनीहरूमाथि आरोप छ। उनीहरूले कति रकम ठगेको भन्नेबारे प्रहरीले खुलाएको भने छैन। प्रहरी वृत्त बौद्धमा जाहेरी परेपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

प्रकाशित: ४ असार २०८१ १५:४८ | Tuesday, June 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast