रविन लामिछानेले ल्याए : नेपालमा रेल कहिले आउला (भिडियोसहित)

हिमाल प्रेस ३२ जेठ २०८१ १३:०९
12
SHARES
रविन लामिछानेले ल्याए : नेपालमा रेल कहिले आउला (भिडियोसहित)

काठमाडौँ-  ‘नेपालमा रेल कहिले आउला’ बोलको दोहोरी गीत सार्वजनिक भएको छ। गीत रविन लामिछाने र सुनिता बुढा क्षेत्रीले गाएका छन्। गायक लामिछानेकै शब्द र संगीत रहेको गीतमा कृष्ण केसीको संगीत संयोजन छ।

एचविएन किस्मतले मिक्सिङ गरेको गीत वान डिवी एचडी नेक्स्ट लेभल स्टुडियोमा रेकर्ड गरिएको हो। स्मृति तिमल्सिना ‘गुरुआमा’ले छायांकन र निर्देशन गरेको गीतको भिडियोमा सुजन परियार, अर्जुन सापकोटा, अञ्जली अधिकारी र निकारिका थापाको रोमान्टिक नृत्य देख्न सकिन्छ।

नविन घर्ति मगरले सम्पादन गरेको गीत एडभेन्चर इन्टरटेनमेन्टले निर्माण गरेको हो। गीत गायक रविनकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

यस्तो छ गीत

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =