४०० केभी प्रसारण आयोजनाको ढल्केबर-इनरुवा खण्ड सम्पन्न, प्रधानमन्त्रीबाट उद्घाटन हुँदै

हिमाल प्रेस ३२ जेठ २०८१ ९:०७
4
SHARES
४०० केभी प्रसारण आयोजनाको ढल्केबर-इनरुवा खण्ड सम्पन्न, प्रधानमन्त्रीबाट उद्घाटन हुँदै

काठमाडौँ- मुलुकको विद्युत् प्रसारण प्रणालीलाई सुदृढ एवं विश्वसनीय बनाउन तथा नेपाल र भारतबीच अबिच्छिन्न रूपमा बिजुली व्यापार गर्ने उद्देश्यले निर्माणाधीन हेटौँडा-ढल्केबर-इनरुवा ४०० किलोभोल्ट प्रसारण लाइनको ढल्केबर-इनरुवा खण्ड सम्पन्न भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित हेटौँडा सबस्टेसनको आज उद्घाटन गर्ने कार्यक्रम रहेको सबस्टेशन आयोजना प्रमुख शुक्रराज देवकोटाले जानकारी दिए।

हेटौँडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ स्थित इनरुवा सबस्टेनसम्मको एक सय ५४ किलोमिटर ४०० किलोभोल्ट ‘डबल सर्किट’ प्रसारण लाइन निर्माण सम्पन्न भएको हो। अब यो प्रसारण लाइनबाट चार हजार मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =