आर्ट काउन्सिलमा नेपालका देवता [फोटो फिचर]

दिपेश श्रेष्ठ १८ जेठ २०८१ १२:११
10
SHARES
आर्ट काउन्सिलमा नेपालका देवता [फोटो फिचर]

काठमाडौँ- बबरमहलस्थित नेपाल कला परिषद्‌मा दोस्रो संस्करणको नेपालका देवताहरू नामक कला प्रदर्शनी भइरहेको छ।

जेठ ८ गते सुरुभएको प्रदर्शनीमा नेपालका मन्दिर र विहारहरू तथा देवी देवताका मूर्तिहरू समेटिएको छ। प्रदर्शनीमा १६२ कलाकारको करिब २२० वटा मूर्तिकला, प्रस्तरकला र चित्रकलाका कलाकृतिहरू समावेश गरिएको छ। नेपाल कला परिषद् र हस्तकला महासंघले संयुक्तरुपमा आयोजना गरेको प्रदर्शनीलाई काठमाडौँ महानगरपालिकाको सहयोग छ।

आयोजकका अनुसार देवीदेवताका आधुनिक, लोक, परम्परागत र समसामयिक कलामार्फत नेपाली कलात्मक सम्पदाको संरक्षण तथा नेपालको सांस्कृतिक सम्पदाका बारेमा आम दर्शकलाई जानकारी गराउने उद्देश्यसहित प्रदर्शनी आयोजना गरिएको प्रदर्शनी जेठ २८ गतेसम्म चल्नेछ।

 

प्रकाशित: १८ जेठ २०८१ १२:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =