ईसीडी शिक्षा सुधारका लागि धर्ना दिइरहेका चापागाईँलाई विद्यार्थी संगठनहरूले जनाए ऐक्यबद्धता

हिमाल प्रेस ११ जेठ २०८१ ६:५६
1.2k
SHARES
ईसीडी शिक्षा सुधारका लागि धर्ना दिइरहेका चापागाईँलाई विद्यार्थी संगठनहरूले जनाए ऐक्यबद्धता

काठमाडौँ- प्रारम्भिक बालविकास शिक्षा सुधारको माग राखेर झन्डै १० दिनदेखि माइतीघर मण्डलामा उभिएर धर्ना दिइरहेका डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) निकट नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईँलाई विभिन्न दल निकटका विद्यार्थी संगठनहरूले बिहीबार ऐक्यबद्धता जनाएका छन्।

चापाईँले ‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’ भन्ने नाराका साथ एकल धर्ना दिएका हुन्। चापागाईंले माइतीघरमा २ जेठदेखि हरेक दिन बिहान १० बजेदेखि ५ बजेसम्म उभिएर धर्ना दिइरहेका छन्।

उनले ईसीडी तहलाई तीन तहको बनाउनुपर्ने, तालिमप्राप्त दक्ष शिक्षक राख्नुपर्ने, दिवा खाजाको रकम बढाउनुपर्नेलगायतका पाँच बुँदे माग राखेका छन्।

उनको मागमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडाल,नेविसंघका प्रवक्ता सुरज सेजुवाल,अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष इन्द्र भुसाल, अनेरास्ववियूका केन्द्रीय सदस्य मिलन राईलगायत ८ विद्यार्थी संगठनका शीर्ष नेताहरूले ऐक्यबद्धता जनाएका हुन्।

सरकारले वार्ता समिति बनाएर वार्तामा नबोलाएसम्म धर्ना जारी राख्ने चापागाईंको भनाइ छ। उनले भने,‘सरकारले वार्ता समिति बनाएर वार्तामा नबोलाएसम्म धर्ना जारी रहन्छ।’

 

एकल प्रदर्शनमा रहेका चापागाईंलाई शिक्षामन्त्रीले भेटिन्

माइतीघरबाट जिल्ला जिल्ला पुग्यो बालविकास शिक्षाको आन्दोलन

विद्यार्थी नेता चापागाईँको आन्दोलनमा ईसीडी शिक्षकको ऐक्यबद्धता

बालविकास शिक्षा सुधारको माग गर्दै समाजवादी विद्यार्थी युनियनले लेख्यो शिक्षामन्त्रीलाई खुल्ला पत्र

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =