शेखर कोइराला भन्छन् : देश अधिनायकवाद र निरंकुशतातर्फ अग्रसर भयो

हिमाल प्रेस १० जेठ २०८१ १२:०५
8
SHARES
शेखर कोइराला भन्छन् : देश अधिनायकवाद र निरंकुशतातर्फ अग्रसर भयो डा. शेखर कोइराला

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले देश दिशाविहीन रूपमा अघि बढिरहेको बताएका छन्। नेपाल प्रेस युनियनको ३३ औँ स्थापना दिवसको अवसरमा आज विराटनगरमा आयोजना गरिएको कार्यक्रममा कोइरालाले मुलुक अधिनायकवाद र निरंकुशतातर्फ अग्रसर हुँदै गएको बताए। यसलाई रोक्न पत्रकारहरू सचेत हुनुपर्नेमा उनको जोड छ।

उनले पत्रकारहरूलाई तर्साउने गरी कुनै पनि काम नगर्न सरकारसँग आग्रह गरे। कोइरालाले सहकारी ठगी काण्ड लुकाउने र संरक्षण गर्ने कार्य कुनै हालतमा सह्य नहुने भन्दै प्रहरी प्रशासनलाई निष्पक्ष र स्वतन्त्र रूपमा काम गर्न दिने वातावरण बनाउनुपर्ने बताए।

उनले कैलाश सिरोहियालाई प्रतिशोध साध्न पक्राउ गरेको भन्दै दुईवटा राहदानी र नागरिकताका विषयमा पनि गृहमन्त्रीमाथि छानबिन हुनुपर्ने बताए।

प्रकाशित: १० जेठ २०८१ १२:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 6 =