परराष्ट्रमन्त्री श्रेष्ठको सम्पत्ति : वाणिज्य बैंकको खातामा एक लाख २२ हजार

हिमाल प्रेस ८ जेठ २०८१ १६:००
40
SHARES
परराष्ट्रमन्त्री श्रेष्ठको सम्पत्ति : वाणिज्य बैंकको खातामा एक लाख २२ हजार उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ।

काठमाडौँ- सरकारका उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको सम्पत्ति विवरण सार्वजनिक भएको छ। सरकारले जेठ ३ गतेको मन्त्रिपरिषद्‌को निर्णयअनुसार मन्त्रीहरूको सम्पत्ति सार्वजनिक गरेको हो।

सोहीअनुसार परराष्ट्रमन्त्री श्रेष्ठको सम्पत्तिको नाममा राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा एक लाख २२ हजार ९१८ रुपैयाँ ६४ पैसा रहेको उल्लेख गरेका छन्। उनले यसको स्रोत सेवा सुविधाबाट प्राप्त भएको भनेका छन्।

उनले आफ्नो पैतृक सम्पत्ति गोरखा सिरान्चोक गाउँपालिका-८ मा रहेको ३७ रोपनी बढी जग्गा पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरेको र त्यो प्रक्रियामै रहेको बताएका छन्।
उनले आफूसँग भएको गाडी पार्टी अध्यक्ष पुष्पकमल दाहालले उपलब्ध गराएको र गाडीको खरिद मूल्य तथा खरिद मिति थाहा नभएको बताएका छन्।

उनको सम्पत्ति विवरणमा अरु केही पनि उल्लेख छैन।

प्रकाशित: ८ जेठ २०८१ १६:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast