बुद्धको बुद्धजयन्तीमा शोभायात्रा [तस्बिरसहित]

विनोद परियार १० जेठ २०८१ ९:५९ | Thursday, May 23, 2024
बुद्धको बुद्धजयन्तीमा शोभायात्रा [तस्बिरसहित]

लुम्बिनी- २५६८औँ बुद्धजयन्ती एवम् लुम्बिनी दिवसका अवसरमा बिहीबार बिहान शोभायात्रा निकालिएको छ।

शोभायात्रा अघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मायादेवी मन्दिर परिसरमा प्रार्थना सभामा सरिक भई ध्यान गरेका थिए। प्रधानमन्त्री प्रचण्ड कार्यक्रमका लागि बुधबार साझ नै लुम्बिनी आएका हुन्।

प्रधानमन्त्रीले ध्यानसहित मायादेवीमा शान्ति प्रार्थनामा बसेर बुद्वजयन्तीलाई महत्व दिएको सन्देश गएको कोषका उपाध्यक्ष डा. ल्हारकेयाल लामाले बताए।

बिहानको शोभायात्रामा विभिन्न देशका झाँकीसहित स्थानीय संस्कृतिसहित शोभायात्रा निकालिएको सदस्य सचिव सानुराजा शाक्यले बताए।

समारोहमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषका अध्यक्ष एवम् संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा, प्रतिनिधिसभा, प्रदेशसभाका सदस्यसहित उच्चस्तरीय पदाधिकारी, कूटनीतिक नियोग, विदेशी पाहुनाहरूको समेत सहभागि हुनेछन्।

प्रकाशित: १० जेठ २०८१ ९:५९ | Thursday, May 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast