कास्कीको मर्दीखोलामा पौडिने क्रममा डुबेर मृत्यु

हिमाल प्रेस १४ जेठ २०८१ १३:३६ | Monday, May 27, 2024
कास्कीको मर्दीखोलामा पौडिने क्रममा डुबेर मृत्यु प्रतीकात्मक तस्बिर।

पोखरा- पौडी खेल्दा डुबेर कास्कीमा एक जना व्यक्तिको ज्यान गएको छ।

आइतबार दिउँसो साढे ४ बजे कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा ५, रिभानस्थित आनन्द ठाँटी बस्ने ४९ वर्षीय शिवबहादुर थापा मगर नजिकैको मर्दीखोलामा पौडी खेल्न जाँदा डबेका थिए ।

उनको डुबेर मृत्यु भएको भनी वडाध्यक्ष नारायण पाण्डेले प्रहरीलाई खबर गरेपछि तत्काल अस्थायी प्रहरी पोस्ट रिभाजनको टोलीले उनको शव बाहिर निकालेको हो।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्तराज शर्माले जानकारी दिए ।

प्रकाशित: १४ जेठ २०८१ १३:३६ | Monday, May 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast