आईपीएल : गुजरातमाथि दिल्लीको जित

हिमाल प्रेस १३ वैशाख २०८१ ७:०६
26
SHARES
आईपीएल : गुजरातमाथि दिल्लीको जित

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्समाथि ४ रनको जित निकालेको छ।

२२५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २२० रन मात्र बनाउन सक्यो।

साइले ३९ बलमा ७ चौका र २ चौकामा ६५ रन बनाए। डेभिडले २३ बलमा ६ चौका र ३ चौकामा ५५ रन जोडे।

ओपनर ऋद्धिमान शाहले ३९, साइ किशोरेले १३ र रसिद खानले नटआउट २१ रन बाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन्। दिल्लीका रसिक सलमानले ३, कुलदिप यादवले २ तथा एनरिच नोर्टजे, मुकेशकुमार र अक्षर पटेलले समान १ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको आमन्त्रण पाएको दिल्लीका कप्तान ऋषभ पन्त र अक्षर पटेलको अर्धशतकसँगै २० ओभरमा ४ विकेटको क्षतिमा २२४ रन बनाएको थियो।

४३ बल खलेका ऋषभले ८ छक्का र ५ चौकाको मद्दतमा नटआउट ८८ रन खेले। ट्रिस्टन स्टुब्सले नटआउट २६ रन बनाए। अक्षरले ४३ बलमा ५ चौका र ४ चौकाको मद्दतमा ६६ रन बनाए। ओपनर पृथ्वी शाले ११ र अर्का ओपन ज्याक फ्रासरले २३ रन जोडे।

गुजरातका सन्दीप वारियरले तीन तथा नुर अहमदले १ विकेट लिए। समान ९ खेलमा ८ अंक जोडेको दिल्ली छैटौं र गुजरात सातौं स्थानमा छ। ​

आईपीएलमा आज सनराइर्ज हैदरावाद र रोयल च्यालेन्जर्स बैंगलुरुबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: १३ वैशाख २०८१ ७:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =