आईपीएल : लखनउसँग हार्‍यो चेन्नई

हिमाल प्रेस १२ वैशाख २०८१ ७:०४
150
SHARES
आईपीएल : लखनउसँग हार्‍यो चेन्नई

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जाइन्ट्ले चेन्नई सुपर किंग्सलाई हराएको छ।

मंगलबार राति सम्पन्न खेलमा एलएसजीले सीएसकेलाई ६ विकेटले हराएको हो। २११ रनको लक्ष्य पछ्याएको लखनउले मार्कुस स्टोइन्सको सानदार शतकको मद्दतमा ३ बल बाँकी रहँदै २१३ जोडेर जीत निकाल्यो।

स्टोइन्सले ६३ बलमा १३ चौका र ६ छक्काको मद्दतमा नटआउट १२४ रन बनाए। निकोलस पूरनले ३४, दीपक हुड्डाले नकआउट १७ रन, कप्तान केएल राहुलले १६ र देवदत्त पडिकलले १३ रन बनाए। चेन्नईका मथिसा पथिरानाले २, दीपक चहर र मुस्ताफिजुर रहमानले समान १ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले कप्तान रितुराज गायकवाडको शतकको मद्दतमा निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१० रन बनाएको थियो । ६० बल खेलेका उनले नटआउट १ सय ८ रन बनाए।

शिवम दुवेले अर्धशतक बनाए। रवीन्द्र जडेजाले १६ र ड्रेल मिचेलले ११ रन जाडेका थिए।

महेन्द्रसिंह धोनीले १ बलमा नटआउट १ चौका प्रहार गरे। लखनउका लागि म्याट हेनरी, मोसिन खान र यश ठाकुरले समान १ विकेट लिए।

जारी आईपीएलमा चेन्नईको यो चोथो हार हो। हालसम्म ८ खेल खेलेको सीएसकेले चार खेल गुमाएको छ। चेन्नई यसअघि पनि लखनउसँगै पराजित भएको थियो।

प्रकाशित: १२ वैशाख २०८१ ७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 6 =