इन्द्रावतीमा जापानी सहयोगमा सामुदायिक केन्द्र निर्माण

हिमाल प्रेस ११ वैशाख २०८१ १७:१७
60
SHARES
इन्द्रावतीमा जापानी सहयोगमा सामुदायिक केन्द्र निर्माण

काठमाडौँ- जापानले सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका निर्माण सम्पन्न भएको सामुदायिक केन्द्र पालिकालाई हस्तान्तरण गरेको छ। गाउँपालिकामा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानी राजदूत किकुताले केन्द्रको भवन हस्तान्तरण गरेका हुन्।

उक्त भवन विपत् जोखिमबाट बच्नका लागि प्रयोग गरिने जापानी दूतावासले जनाएको छ। उक्त सामुदायिक केन्द्र जापान सरकारको अनुदानमा सहायतामा निर्माण गरिएको हो।

जापानी गैरसरकारी संस्था जापान एसियन एसोसिएसन एन्ड एसियन फ्रेन्डसिप सोसाइटी (जेएएफएस) ले सञ्चालन गरेको यो परियोजनाले इन्द्रावती गाउँपालिकामा विपद् रोकथाम क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ। राजदूत किकुताले नयाँ सामुदायिक केन्द्र विपद् रोकथाम केन्द्र बन्ने विश्वास व्यक्त गरेका थिए।

स्तान्तरण समारोहमा गाउँपालिका अध्यक्ष झम्कनाथ नेपाल, पूर्वअध्यक्ष वंशलाल तामाङलगायत स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, समाजसेवीलगायत सहभागी थिए।

प्रकाशित: ११ वैशाख २०८१ १७:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 12 =