नेपाली छ महिला क्रिकेटरले ‘मलेसियन सुपर वुमन्स कप’ खेल्ने

हिमाल प्रेस ८ वैशाख २०८१ १२:०७
2
SHARE
नेपाली छ महिला क्रिकेटरले ‘मलेसियन सुपर वुमन्स कप’ खेल्ने

काठमाडौँ- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान इन्दु बर्मासहित ६ क्रिकेटरले मलेसियन सुपर वुमन्स कप खेल्ने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएको हो।

क्यानका अनुसार इन्दुसहित, रुविना क्षेत्री, सीता रानामगर, पूजा महतो, कविता कुँवर र अस्मिना कर्माचार्यले मलेसियन सुपर वुमन्स कप खेल्ने छन्।

प्रतियोगिता मलेसिया क्रिकेट संघको आयोजनामा हुन लागेको छ। प्रतियोगिता २४ अप्रिलदेखि ५ मेसम्म चल्ने क्यानले जनाएको छ।

प्रकाशित: ८ वैशाख २०८१ १२:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 20 =