डलर यथावत्, अन्य मुद्राको भाउ कति?

हिमाल प्रेस ६ वैशाख २०८१ ६:४०
4
SHARES
डलर यथावत्, अन्य मुद्राको भाउ कति?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलर र दिनारको मूल्य यथावत रहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।

आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५७ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४१ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४५ पैसा थियो।

आज बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ १४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८९ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८० पैसा थियो।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ७० पैसा र बिक्रीदर ८६ रुपैयाँ ०९ निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर ८६ रुपैयाँ थियो।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। हिजो पनि कुवेती दिनार यही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ३४ पैसा थियो।

प्रकाशित: ६ वैशाख २०८१ ६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − two =