अन्तर्राष्ट्रिय कवि सम्मेलन

हिमाल प्रेस ५ वैशाख २०८१ ११:०३
अन्तर्राष्ट्रिय कवि सम्मेलन

काठमाडौँ- परम्परागत विश्व कविता लेखक संगठन (टीपीडब्ल्यूएडब्ल्यू)को चौथो अन्तर्राष्ट्रिय कवि सम्मेलन नेपालमा आयोजना गरिएको छ।

हिजो यहाँ सम्पन्न सम्मेलनमा नेपाललगायत दक्षिण कोरिया, चीन, बेलायत र अमेरिकाका कविहरूको सहभागिता थियो।

उक्त सम्मेलनका अवसरमा नेपालका तीनजना कविहरू क्रमशः भुवनहरि सिग्देल, सीताराम अधिकारी र प्रह्लाद पोख्रेललाई ‘येउ सुङ ग्यो’बाट सम्मान गरिएको थियो।

सम्मेलन टिपिडब्ल्युएडब्ल्यु सभापति कोरियाली कवि किम बोङ गुन र नेपाल शाखाका सभापति प्राध्यापक रामकुमार पाँडेको संयुक्त अध्यक्षतामा भएको थियो।

सम्मेलनमा विभिन्न देशका परम्परागत कविताबारे कार्यपत्र प्रस्तुतिका साथै हाइकु र छन्दोबद्ध संरचनाका कविता पनि वाचन गरिएका थिए।

प्रकाशित: ५ वैशाख २०८१ ११:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eight =