आईपीएल : कोलकतामाथि राजस्थानको जित

हिमाल प्रेस ५ वैशाख २०८१ ७:१९
2
SHARE
आईपीएल : कोलकतामाथि राजस्थानको जित

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सले कोलकता नाइट राइडर्सलाई २ विकेटले पराजित छ।

राजस्थानको जितमा जोश बटलरले शतकीय पारी खेले। राजस्थानले कोलकता दिएको २२४ रनको विशाल लक्ष्य ८ विकेट गुमाएर भेटायो।

राजस्थानको जितमा ओपनर बटलरले यस संस्करणको दोस्रो शतक जोड्दै ६० बलमा ९ चौका र ६ छक्का सहित १०७ रन बनाए।

राजस्थानका लागि रियान परागले १४ बलमा ३४ रन बनाउँदा रोभमन पावेलले १३ बलमा २६ रन बनाए। यशस्वी जैसवालले ९ बलमा १९ रन बनाए।​

कोलकताका लागि हर्षित राना, सुनिल नरिन र वरुणले २–२ विकेट लिए भने वैभव अरोराले १ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकताले सुनिल नरिनको शतकको मद्दतमा ६ विकेट गुमाएर २२३ रन बनायो। नरिनले ५६ बलमा १३ चौका र ६ छक्का प्रहार गर्दै १०९ रन बनाए । यस्तै आंगृष रघुवंशीले ३० रन बनाउँदा रिन्कु सिंहले २० रन जोडे।

राजस्थानका लागि आवेश खान र कुलदीप सेनले २–२ विकेट लिए भने ट्रेन्ट बोल्ट र यूजभेन्द्र चहलले १-१ विकेट लिए।

जित पछि राजस्थान ७ खेलमा १२ अंकसहित शीर्ष स्थानमा यथावत छ । कोलकता ६ खेलमा ८ अंक सहित दोस्रो स्थानमा छ। आईपीएलमा आज गुजरात टाईटन्स र दिल्ली क्यापिटल्स भिड्ने छन् ।

प्रकाशित: ५ वैशाख २०८१ ७:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 8 =